काठमाडौंमा आजदेखि १८ वर्षमाथिकालाई कोरोनाको ‘बुस्टर डोज’

काठमाडौँ । काठमाडौँमा आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको थप मात्रा (बुस्टर) खोप दिइँदै छ । काठमाडौँका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौँका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिए । आजदेखि साउन ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ ।

खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री