काठमाडाैं । नेपाली कांग्रेसले आसन्न प्रादेशिक र सङ्घीय निर्वाचनमा वर्तमान गठबन्धनबाटै अगि बढ्नुपर्ने निष्कर्ष निकालेकाे छ । भर्खरै सकिएकाे केन्द्रीय समिति बैठकका निर्णयहरू सुनाउँदै प्रवक्ता प्रकाशशरण महतले भनेका छन्- कांग्रेसकाे निष्कर्ष भनेकाे यही हाे कि वर्तमान गठबन्धन आवश्यक छ भन्ने ।
तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ । उनले भनेका छन्, ‘‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दैछ ।
तपाईंको प्रतिकृया




