काठमाडाैँ । सिद्धार्थ बैंक लिमिटेडले निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । व्यक्तिगत, संस्थागत एवम् रेमिन्ट्यान्स ग्राहकवर्गहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ ।
यस मुद्दती खातामा ग्राहकवर्गहरुले बैंकद्वारा तोकिएको समयावधि पश्चात्आफ्नो साँवा रकमको २ गुणादेखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त, ग्राहकवर्गहरूले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशत सम्मको क्रेडिट कार्ड सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।
यसका साथै ग्राहकवर्गहरूलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनैपनि शुल्क लाग्ने छैन । सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएकाे छ ।




