प्रचण्डको दिल्ली भ्रमणबारे भीम रावल- निरीह, स्वाभिमानहीन र कच्चा कूटनीति !

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिल्ली भ्रमणबारे कडा टिप्पणी गरेका छन् । पूर्व मन्त्रीसमेत रहेका रावलले भारतीय प्रधानमन्त्रीसँग अन्तिममा भेट हुन सकेन भन्नू ‘निरीह र स्वाभिमानविहीन’ अभिव्यक्ति भएको टिप्पणी गरेका हुन् ।

उनले कच्चा कूटनीतिक प्रवृत्तिबाट नेपालको राजनीतिलाई जोगाउनुपर्ने बताए । ‘उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणमा भारतीय प्रमसँग अन्तिममा भेट हुन सकेन भनी स्वयं ‘प्रचण्ड’जीले भनेको सुनियो । कति निरीह, स्वाभिमानहीन र कच्चा कूटनीति ! यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔँ !,’ रावलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

नेता रावलले भारतीय कांग्रेसको पछि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको भन्दै यसबाट नेपाली कम्युनिस्ट नेताले सिक्ने कि नसिक्ने भनी प्रश्न समेत उठाए । उनले अगाडि भनेका छन्, ‘झुकनीतिको आसे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्छ । देशले के उपलब्धि पायो भनी मूल्याङ्कन नगरी कति मान, सेवा, सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र । भारतीय कांग्रेसको पछि लाग्दा भारतीय क।पा।को अवसानबाट नेपाली कम्युनिस्ट नेताले सिक्ने कि ?’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री