भारतबाट पेट्राेल प्रतिलिटर १५ रुपैयाँ र डिजल १६ रुपैयाँ घटेर आयो

काठमाडौँ । भारतबाट पेट्राेलियम पदार्थकाे मूल्य घटेर आएकाे छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएकाे नेपाल आयल निगमले जनाएकाे छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री