काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदीय चुनाव नजिकिँदै गर्दा बाह्य शक्तिको चलखेल बढेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत बाह्य शक्तिकोले चलखेल शुरु गरेको बताएका हुन् ।
महाशक्तिहरू आफ्नो अनुकूल ‘कठपुतली’ तयार गर्ने होडमा रहेको उनको जिकिर छ । ‘संसदीय चुनाव नजिकिँदै गर्दा बाह्य शक्तिहरूको चलखेल बढेको छ । महाशक्तिहरू आफ्नो अनुकूल कठपुतली तयार गर्ने होडमा छन्,’ अध्यक्ष थापाले भनेका छन्, ‘वासिंगटन, बेइजिङ र दिल्लीमा पानीपर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दैछन् ।’
उनले राष्ट्रियता खतरामा परेको भन्दै जनता सचेत हुनुपर्ने बताए । ‘राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ । नेपाली जनता सचेत बनौँ, अझै केही राष्ट्रवादी जिउँदै छन्,’ थापाले अगाडि भनेका छन् ।
संसदीय चुनाव नजिकिँदै गर्दा वाह्यशक्तिहरुको चलखेल बढेको छ। महाशक्तिहरु आफ्नो अनुकुल 'कठपुतली' तयारगर्ने होडमा छन्। दिल्ली,वेईजिङ र वाशिंगटनमा पानीपर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्।राष्ट्रवादी शक्ति निरिह बन्ने खतरा छ।नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन्
— Kamal Thapa (@KTnepal) July 16, 2022




