उपसभामुखमा गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालको मनोनयन दर्ता

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवार दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराएकी हुन् ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालको उम्मेदवारी परेको हो । यसअघि पनि कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् ।

०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइसकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री