सन्नी लियोनीसँग फिल्म खेल्दै अनुप विक्रम

काठमाडाै  । पूर्व पाेर्न स्टार तथा बलिउडकी चर्चित हट नायिका सन्नी लियोनीले अब एक नेपाली चलचित्रमा अभिनय गर्दैछिन् । लण्डनमा छायांकन हुने चलचित्र ‘पासवर्ड’का लागि सन्नी लियोनीले चलचित्र खेल्ने पक्का भर्इसकेकाे छ । उनले महंगो पैसा लिएर चलचित्रमा काम गर्न लागेको वुझिएको छ ।

बलिउड तथा नेपाली फिल्मको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका केही चर्चित कलाकारहरुले काम गर्ने वतार्इएकाे छ । चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका रहने वतार्इएकाे छ ।

नायक अनुप विक्रम शाहीले सन्नी र मेरो सिनहरु धेरै छन् भनेका छन् । चलचित्रको बिषयवस्तुको बारेमा पनि केही बताइएको छैन ।  प्राविधिकदेखि चलचित्र खिच्नका लागि प्रयोग हुने सबै सामाग्री भारतदेखि नै लगिनेछ । नायिका सन्नी लियोनी केही दिनमा लण्डन पुग्नेछिन् । नायक शाहीले पनि लण्डन जानेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘लाज शरणम्’ मा धुर्मुस

काठमाडौं । झण्डै पाँच वर्षपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । कुमार …

प्रतिकृया दिनुहॊस