काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ । बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको हो ।
मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ । मतदान भोलि दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।
तपाईंको प्रतिकृया



