कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ १३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री