११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल वस्तु आयात रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबर भएको छ ।

पछिल्ला केही महिनायता निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको तुलनामा नगण्य नै रहेको छ । निर्यातको आधार सानो भएको तथा आयातको वृद्धि उच्च रहेका कारण व्यापार घाटा वृद्धि हुँदै गएको छ । आव २०७८/७९ को ११ महिनामा कूल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८५ अर्ब ८४ करोड बराबर पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री