फाइल फाेटाे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, यस्ता छन् एजेण्डा

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको हो ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।

बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूणर्ता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ ।

हिजोको वैठकमा संस्थापन इतर समूहका डा. शेखर कोइरालाले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई १२ बुँदे ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षमा पार्टी विधि अनुसार चल्न नसकेको, पार्टीका संगठनहरुप्रति सभापति बेखबर जस्तो रहेको, चुनावी तालमेलले कांग्रेसलाई भन्दा अरु गठबन्धन दललाई मात्र फाइदा पुगेको र अबको चुनावमा चुनावी तालमेललाई पुनर्विचार गर्नुपर्नेलगायतका विषयवस्तु उठाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस