नेप्सेमा पहिरो : ७७ अंकले बजार घट्दा २ अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ ।

यस दिन सेयर बजार परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा ओर्लिएको छ । यस दिन ठूला सूचिकृत कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स समेत १३.०१ अंकले घटेर ३६६.८६ अंकमा पुगेको हो ।

यस दिन २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचक घटेको छ ।

यस दिन सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई समुन्नत स्किम–१ को सेयर मूल्य घटेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस