अदालतलाई जवाफ दिन बालेन सर्वाेच्चमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन् । साेमवार मध्यान्ह अदालत पुगेका शाहले त्यहाँ वाग्मती सरसफाइ सम्बन्धी मुद्दामा जवाफ दिनेछन् ।

जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमवार उनी जवाफ दिन सर्वाेच्च पुगेका हुन् ।

अहिले न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा मुद्दाकाे सुनुवाइ भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री