काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नंम्बर १० को थापाटारमा, सुन्दर हरैँचा नगरपालिका वडा नंम्बर १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका–१ को नमुनाचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
मोरङ जिल्लाको केराबारी गाउँपालिका–१० थापाटारस्थित केराबारी भ्यु होटल एन्ड बार सञ्चालक धनबहादुर लिम्बू, सुन्दर हरैंचा नगरपालिका–१२ शुक्रबारे स्थित आरजु कस्मेटिक एन्ड रेडिमेड सञ्चालक राजन भगत र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका–१ नमुना चोकस्थित बबी सप्लायर्सका सञ्चालक नन्दकुमार याफु राईलाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिने बैंकले उल्लेख गरेको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।
प्रतिकृया दिनुहॊस