कांग्रेसमा ११ वटा भ्रातृ र शुभेच्छुक संस्था थपिने

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ तथा शुभेच्छक संस्थाको संख्या बढ्ने भएको छ । शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन दिएका विभिन्न एक दर्जन संस्थालाई मान्यता दिने पदाधिकारीसहितको बैठकले निर्णय गरेको छ ।

अहिले कायम १४ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामा ११ वटा थपिने र केही गाभिने केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिएका छन् । साउदका अनुसार केही भ्रातृ संस्था र शुभेच्छुक संस्था थपिने भए पनि कूल संख्यामा भने यकिन भएको छैन ।

भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता पाउनका लागि २७ वटा संस्थाले आवदेन दिएका थिए । प्राप्त आवेदनका आधारमा भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने र गाभ्ने निणर्यलाई केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गरिने भएको छ ।
थपिने लागेका भ्रातृ शुभेच्छुक संस्थाहरू
भ्रातृ संस्थाहरू
नेपाल थारू संघ
नेपाल आदिवासी जनजाति महासंघ

शुभेच्छुक संस्थाहरू
नेपाल लोकतान्त्रिक खेलकुद संघ
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ
नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ
नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ
नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ
नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ
नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ
नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री