कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : मन्त्री हेरफेरको मुद्दा उठाउँदै संस्थापनइतर समूह

काठमाडौँ । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ । आइतबार राजधानीको विशालनगरमा डा. शेखर कोइराला समूहले छुट्टै बैठक गरी दबाब बढाउने नीति लिएको हो ।

बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको थियो । कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । केन्द्रीय समिति बस्ने अघिल्लो दिन शेखर समूहले बैठकमा उठाउने विषयमा रणनीतिसमेत बनाएको छ ।

सो बैठकले सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ । साथै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री हेरफेरका लागि प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई दबाब दिने तयारीसमेत भएको छ । सरकारका काम-कारबाहीप्रति असन्तुष्ट शेखर नेतृत्वको इतर समूहले पार्टीभित्रको शक्तिसन्तुलनअनुसार मन्त्री हेरफेर गर्नुपर्ने माग अगाडि सार्ने तयारी गरेको हो ।

पार्टीभित्र पनि आफूहरूको शक्तिअनुसार भागबन्डा दिनुपर्ने माग गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार १ बजे बस्नेगरी पार्टी केन्दीय कार्यालय सानेपामा बोलाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री