निशान भट्टराईको ‘गयौं मलाई छोडेर’ सार्वजनिक

काठमाडौँ । निशान भट्टराईको स्वरमा ‘गयौं मलाई छोडेर’ बोलको गीत सार्वजनिक भएको छ । पुरुषोत्तम बरालको शब्द र पुष्कल खतिवडाको संगीत रहेको गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् ।

प्रेम वियोगको यो गीतको भिडियोमा बादल घिमिरे र उषा उप्रेती फिचर्ड छन् । भिडियोका निर्देशक राजीव समर हुन् । बुद्ध थापाले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । गीत ‘बादल घिमिरे’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री