काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । डा. भट्टराईलाई उनको निवास पुगेर बालेनले महानगरका समस्या समाधान बारे छलफल गरेका हुन् ।
डा. भट्टराईले बालेनसँग महानगरका समस्या र तिनको समाधान तथा योजनाबद्ध विकासबारे सार्थक संवाद भएको जानकारी दिएका छन् ।
बालेनले महानगरको मेयरमा निर्वाचित भएपछि प्रमुख दलका शीर्ष नेताहरूलाई भेट्ने क्रम जारी राखेका छन् । उनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्डलगायतका नेताहरू\लाई भेटिसकेका छन् ।
तपाईंको प्रतिकृया




