काठमाडाैं । जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
सरकारले भनेको छ, ‘मित्र राष्ट्र जपानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ।’
यस्तै सरकार पूर्व प्रधानमन्त्री आबेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आवेको परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ । शुक्रबार गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा निधन भएको हो ।
तपाईंको प्रतिकृया




