बैतडीमा बौलाहा कुकुरले टोकेर एक शिक्षकको मृत्यु

काठमाडाैं । बैतडीमा बौलाहा कुकुरले टोकेका एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-७ न्वाघरस्थित बालकृष्ण माध्यमिक विद्यालयका शिक्षक नरबहादुर साउँदको मृत्यु भएको हो ।

कुकुरले टोकेको एक महिनापछि लक्षण देखिएका उनको उपचार सम्भव नभएपछि मृत्यु भएको आफन्तले बताएका छन् । आफन्तका अनुसार उनलाई एक महिनाअघि बौलाहा कुकुरले टोकेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री