चलचित्र ‘चङ्गाचेट’को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘चङ्गाचेट’को  पहिलो गीत ‘गोजीमा दाम छैन’ बोलको गीत  सार्वजनिक भएको छ ।  प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको यो गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर, राजनराजको संगीत तथा हरिहर तिमिल्सिनाको शब्द रहेको छ ।चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । माधव वाग्ले र शर्मिला पाण्डेको चलचित्रमा लगानी छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र परमिता आर एल राणालाई फिचरिङ गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री