प्रेस युनियन अध्यक्षमा अनिता विन्दुको उम्मेदवारी घोषणा

काठमाडाैं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । आगामी साउन ६ र ७ गते हेटौडामा हुने महाधिवेशनका लागि पत्रकारहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसैबीच गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष समेत रहेकी विन्दुले प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र मर्यादित पत्रकारिता कालागि नेपाल प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी दिने बताइन् ।

उम्मेदवारी घोषणा गर्दै विन्दुले भनिन्, ‘लोकतन्त्रको मूल्य मान्यताबाट विचलित हुन नदिन सरोकारवाला निकायहरूलाई सही मार्गमा डोर्‍याउन खबरदारी गर्न सक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’

उनले भनिन् – ‘लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहन्छ, नेपाल प्रेस युनियनलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं सुरक्षाका पक्षमा बलियो ढंगले लाग्ने सक्षम संस्था बनाउन युनियनकर्मी सबै एकजुट हुनुपर्छ । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत सहभागी रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले सीता दाहालको नाममा कलेज खोल्ने

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स …

प्रतिकृया दिनुहॊस