अर्थमन्त्री प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने सहमति

काठमाडौं । अर्थमन्त्री प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति बनेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै संसदीय छानबिनको माग गर्दै आएको थियो ।

छानबिन समिति गठन गर्नुपूर्व अर्थमन्त्री शर्माले संसदमा आफ्नो धारणा राख्न चाहेका थिए । एमाले भने उनलाई स्पष्टीकरणको अवसर दिन तयार भएन, बरु संसदीय समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको थियो ।

आज केहीबेरमा सुरु हुने संसदको बैठकमा सभामुखले संसदीय समिति गठनको घोषणा गर्न सक्ने बताइएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको आरोप लागिरहेका अर्थमन्त्री शर्मालाई त्यसको प्रमाणका रूपमा रहने सीसीटिभी फुटेज हटाएको आरोप लागेको छ ।

अर्थमन्त्रालयले सिसिटिभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने जवाफ दिएपछि यो विषय फेरी चर्किएको हो । सीसीटिभी फुटेज डिलिट गरिएको र यसमा अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोको आशंका गरिको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२५ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर …

प्रतिकृया दिनुहॊस