चट्याङ लागेर सोलुमा बालकको मृत्यु, आमा घाइते

chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

काठमाडाैँ । सोलुखुम्बुमा चट्याङ लागेर एक बालकको घटनास्थलमै ज्यान गएको छ । मंगलबार साँझ अबिरल वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-९ लोखिमका सात वर्षीय बालक सुजन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

मृतककी आमा ताकमाया तामाङ घाइते भएकी छिन् । प्रहरीका अनुसार ताकमाया छोरालाई लिएर माइत हिंडेकी थिइन् । पानी तर्नका लागि ओत लाग्न घरको पेटिमा बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप