प्रतिनिधिसभा बैठक बस्दै, आठ वटा सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्धमा पत्र पढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप