उठ्ने भयो केएमसीमा मृत भेटिएकी युवतीको शव, ८ लाख क्षतिपूर्तिको सहमति

काठमाडाैँ । काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुल प्रशासन र काभ्रे तिमालकी २१ वर्षीया रमा रायमाझीको परिवारबीच सहमति भएको छ । प्रशासन होस्टेलमा मृत फेला परेकी रायमाझीको परिवारलाई ८ लाख रकम दिन राजी भएपछि शव उठ्ने भएको हाे ।

शनिवार बेलुका रायमाझीको शव होस्टेलको एक कोठामा झुन्डिएको अवस्थामा फेला परे पनि आफन्त सहमत नभएपछि शव उठाउन सकेको थिएन । आइतबार दिनभर भएको छलफलमा विद्यालय प्रशासन युवतीको परिवारलाई ८ लाख रुपैयाँ दिने सहमत भएपछि उनीहरू पनि शव उठाउन दिन सहमत भएको हाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री