Samsung को आधिकारिक सेवा केन्द्र बि.जी मल, बालाजुमा सुरु

काठमाण्डौ । नेपाल अधिराज्य भरी १४ ओटा Samsung का सेवा केन्द्रहरु भएको IMS केयरले आफ्नो १५ औं सेवा केन्द्र बि.जी मल बालाजुमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन IMS ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, Samsung का कार्यकारी निर्देशक युबियम वोन र IMS ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले गरे ।

कार्यक्रममा बोल्दै IMS ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै Samsung स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री