न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।
साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी हुन् ।
“मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छन् । गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छिन् । उनले महिला मन्त्रीको मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहेकी छिन् । उनी दिगो यात्राका अभियन्ता पनि हुन् । एजेन्सी
तपाईंको प्रतिकृया




