बिजबजारको भारी छुट सहितको ‘२० मा बिज’ क्याम्पेनमा स्मार्टफोन जित्न सकिने

काठमाडौं  । नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू ल्याएको छ ।

नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै बिजबजारले विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने गरी कार्यक्रमहरु ल्याउँछ ।  यसै अन्तर्गतको असार महिनाको Campaign असार १९ गते राती १२ बजे देखि २२ गते सम्म live हुने भएको छ।

यही असार २० गतेका दिन बिजबजारले अपराह्न ४ बजेदेखि राति ८: २० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ ।  जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

योजनामा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र भारी रकम छुट प्राप्त गर्न सक्नेछन् भने lucky  योजना अन्तर्गत कम्तीमा रु ३,००० बराबरको सामान खरिद गर्ने सेवाग्राहीहरू मध्ये एक  भाग्यशाली ग्राहकले लक्किड्र मार्फत उपहार स्वरूप स्मार्टफोन प्राप्त गर्नेछन्।

त्यसै गरी असार २० गते, बिजबजार ई–कमर्स प्लेटफर्ममा रजिस्टर्ड हुने नयाँ ग्राहकहरूले रु १२० बराबरको discount  coupon प्राप्त गर्नेछन्। त्यस्तै सेवाग्राहीहरूले बिजबजारको अफिसियल सामाजिक सञ्जाल तथा वेबसाइटमा प्रतिक्रिया  दिँदा रु १०० बराबरको मोबाइल टप अप समेत प्राप्त गर्नेछन्।

अर्को योजना पानी पर्यो अफर झर्यो अन्तर्गत २० जना भाग्यशाली सेवाग्राहीहरूले बिजबजारको तर्फबाट छुट साथै आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् । Catch & Win खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् भने  खेल खेल्दा मोबाइल टप अप समेत प्राप्त गर्न सक्नेछन्।

सँग सँगै सो ऋबmउबष्नल का दिन ७त्रगयतसयसमै छ खुसी ७ त्रगयतस योजनामा अफरहरूको टाइमर सेट हुनेछ जस्मा सेवाग्राहीहरूले समय अनुसार परिवर्तन हुने विभिन्न दरमा छुट प्राप्त गर्न सक्नेछन् । साथै  health  And beauty, Go sports Crazy, Ba by Deals  जस्ता अन्य अफर र योजनाहरू समेत रहेका र २०  का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको
अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री