सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा

काठमाडाैं । शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् । सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तिव्रता दिएको छ ।

नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको छन् । नदी गत वर्षदेखि पश्चिमपट्टि सोझिदा तीव्र कटान हुन थालेको हो । कटनका कारण बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८, ९ उच्च जोखिममा परेका छन् ।

बेलका नगरपालिका–८ डुम्रिबोटमा नदीले कटान तीव्र पारेपछि सशस्त्र प्रहरीले बाँध निर्माणलाई जोड दिएको हो । कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेको स्थानीयबासी बताउँँछन् ।

स्थानीयवासी भन्छन् ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउँन सक्ने अवस्था छैन । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्छ । बर्खामा नदीले वर्षेनी धेरै जनधनमा क्षति पुर्‍याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोसी किनाराका हजारौंँ बासिन्दा घरबारविहीन बनिसकेका छन् ।

सप्तकोसीले धार परिर्वतन गर्दा गतवर्षदेखि नै उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोँचमा कटान गर्दा सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका चार हजार घर परिवार उच्च जोखिममा छन् । अहिले बेलका नगरपालिका– ८ को लाहुरे खाँचो र डुम्रिबोटेमा कटान तीव्र पारेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री