एनआईबीएल एस क्यापिटलद्वारा विदेशमा रहेका नेपालीलाई सेयर बजारसम्बन्धी तालिम

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिकलाई विद्युुतीय माध्यमद्वारा शेयर बजार सम्बन्धी तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी भन्ने मूल उद्देश्यका साथ क्यापिटलले १७ असारदेखि उक्त सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वेदश तथा विदेशमा रहेका पदाधिकारीको साझेदारीमा त्यहाँ उपस्थित सहभागिको विभिन्न जिज्ञासा सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामबारे छलफल समेत गरेको छ ।

उक्त कार्यक्रममार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेबारे पनि जानकारी गराएको छ । साथै उक्त कार्यक्रममा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।

साथै विभिन्न सल्लाह सुझाव समेत प्राप्त गरियो र भविष्यमा समेत यस्ता सचेतनामूलक कार्यक्रम संचालन गरिने यस क्यापिटलले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after