चेरी टिग्गो ७ प्रो नेपालमा

काठमाडौं । नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गाो ७ प्रो औपचारिक रूपमा लन्च गरेको छ । प्रो सिरिजको अति नै आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शो रुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ ।

चेरी प्रो फेमिली सिरिजको नयाँ मोडल चेरी टिग्गो ७ प्रो उत्कृष्ट डिजाइन, समृद्ध प्राविधिक सक्षमता र सुरक्षित तथा आरामदायी ड्राइभिङ अनुभवका लागि परिचित छ ।

यसमा भएको इन्जिनले १४७ पीएस पावर र २१० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन नौ स्पिड सीभीटी गियरबक्ससँग जोडिएको छ । यसले सुस्त र तीव्र दुवै स्पिडमा लगातार रूपमा उच्च पावर प्रदान गर्छ ।

यसको इन्टेरियर निकै नै आकर्षक छ । लेदर सिटसहितको ब्ल्याक–बेज थिममा आधारित क्याबिन छ । फ्रन्टमा सिक्स–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट छ भने प्यासेन्जर सिट फोर–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल छ । यसमा थप फिचरका रूपमा प्यानोरामिक सनरुफ छ ।

यसमा सात इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर, १०.२५ इन्चको एचडी सेन्ट्रल कन्ट्रोल र एसी टचस्क्रिनसहितको ड्यासबोर्ड छ, त्यो सबै इन्टरकनेक्टेड भएकाले प्रयोगकर्ताका लागि अझै इन्टेलिजेन्ट अनुभव गराउछ ।

यो गाडीमा ब्लुटुथ कनेक्टिभिटी, फिंगरटिपबाटै कन्ट्रोल गर्न सकिने क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोलजस्ता विभिन्न अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् । यसमा फोर एड्जस्टमेन्ट सेटिङ गर्न सकिने मल्टी फङसन स्टेयरिङ ह्विल छ भने वायरलेस चार्जर समेत उपलब्ध छ । यसमा भएको ३६० डिग्री क्यामेराको प्रयोग गरी गाडीको चारैतिरको अवस्था थाहा पाउन सकिन्छ भने ब्याकअप क्यामेराका कारण पार्किङ सहज हुन्छ ।

सुरक्षाको मामिलामा पनि यो गाडीमा कुनै सम्झौता गरिएको छैन । यसमा भएको ६ एयरब्याग, ईबीडी र बीएसहितको एबीएस, ईएसपी, टीसीएस, एचएसी, एचडीसी आदिले ड्राइभिङ अनुभवलाई अझै सुरक्षित बनाउँछ ।

नेपाली बजारमा टिग्गो ७ प्रोको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । टिग्गो ७ प्रो ३ ड्युअल टोन र ७ मोनोटोन अप्सनमा उपलब्ध छ । ड्युअल टोनमा ब्ल्याक एन्ड रेड, ह्वाइट एन्ड ब्लु र ब्ल्याक एन्ड ह्वाइट अप्सन उपलब्ध छ । मोनोटोनमा ब्लु, जेड ब्लु, ज्वेल रेड, सिल्भर, ग्रे, ब्ल्याक र ह्वाइट कलर अप्सन उपलब्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस