बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

गुल्मी । गुल्मीमा आफ्नै भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । धुर्कोट गाउँपालिका ६ मा जेठाजुले सहोदर बुहारीलाई जबरजस्ती करणी गरेका हुन् ।

सोही आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । १९ वर्षीया बुहारीलाई वडा नम्वर ६ स्थित किटेनी गोठमा ३५ वर्षे जेठाजुले दिउँसोको समयमा जबरजस्ती करणी गरेका हुन् ।

बलात्कारको उजुरी परेपछि उनी पक्राउ परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस