१० बर्षीया बालिका करणी आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

काठमाडाैँ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक ८० बर्षका वृद्ध पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार बालिका बलात्कारको आरोपमा सुनकोसी गाउँपालिका-७ का ८० वर्षीय दिलबहादुर बिकलाई पक्राउ गरिएको हो ।

बिहीबार बलात्कारका आरोपी बिकलाई राति पक्राउ गरी आवश्यक सोधपुछ र थप अनुसन्धान सुरु गरिएको न्यौपानेले बताए । ‘बलात्कारको घटना हुनु दुखद् हो, आवश्यक कानुनी प्रक्रिया थाल्दैछौं, यसबारे पूरै विवरण आइसकेको छैन,’ उनले भने ।

बाह्रबिसे नगर-९ स्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिकाको मेडिकल परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको उनले जनाए । आँखामा विभिन्न समस्या देखिएपछि बिकलाई अहिले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गरिँदै गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप