कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सम्पन्न

काठमाडाैं । कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वहरूरा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो ।

विभिन्न संघ–संस्थामा कार्यरत अनुभविदेखि मानव संसाधनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको सहभागिता रहेको यस प्रशिक्षण २४ दिन सम्म सञ्चालन भएको थियो ।

शेर्पा हस्पिटालिटी ग्रुपका एच आर भाईस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एण्ड एडमिनिस्ट्रेशन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडका ऋचा पाण्डे, एशियन पेन्ट्सका सुधीर ढुंगेल लगायतले प्रशिक्षण दिएका थिए ।

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले नेपालको मानव संसाधन क्षेत्रमै नयाँ प्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए । उनले भने,‘पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुशी लागेको छ ।

मलाई आशा छ कि यस तालिममा सहभागि सम्पूर्ण प्रशिक्षार्थीहरुले अझै धेरै काम लाग्ने कुरा सिक्नुभएको छ, जुन वहाँहरुले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ । यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर–व्यक्तिगत सीप मात्र विकास नगरि सङ्गठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।’

तालिमको पहिलो ब्याचको बृहत सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ । इच्छुक व्यक्तिहरूले https://www.kumarijob.com मा लग इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्ने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस