नेपाल रत्न तथा आभुषण संघको १४ औं बार्षिक सधारणसभा सम्पन्न

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघको १४औं वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले सधारणसभा उद्घाटन गर्दै सुनद्वारा निर्मित बस्तुहरु निर्यातमा जोड दिन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नेपालले मौद्रिक नीतिमा नै निर्यात गर्ने गरगहनाको लागि सुविधा दिने उल्लेख गरेको भन्दै सुनचाँदी व्यवसायीले निर्यात हाउसमार्फत निर्यात गर्ने भए जति पनि सुन दिन तयार रहेको बताएका छन् ।

‘एक्सपोर्ट हाउस खोल्नुस् र हामीलाई यति किलो सुन चाहियो भन्नुस्, हामी दिन तयार छौं तर भुक्तानी सन्तुलनको लागि भने हामी सर्तक छौं ।’ गर्भनर नेपालले आफ्नो बाध्यता स्पष्ट पारे ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले सुनचाँदी व्यवसायलाई गलत तरिकाले व्याख्या गरिने गरेको भन्दै यसले देशको अर्थतन्त्रमा निकै योगदान पु¥याएको क्षेत्रलाई उपेक्षा नगर्न आग्रह गरे ।

त्यस्तै  कार्यक्रममा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले सरकारले बैंकबाहेक निजी क्षेत्रलाई पनि सुनको आयात गर्न सक्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताइन्  ।

त्यस्तै हालको ५० हजार रुपैयाँभन्दा बढी मुल्यको सुन खरिद गर्न चेकबाट भुक्तानी गर्ने व्यवस्थालाई बढाएर ५ लाख रुपैयाँभन्दा बढी पुर्याउनुपर्ने माग गरिन् ।

अध्यक्ष श्रेष्ठले सुनचाँदीमा लगाईने भन्सार दर बेस रेट मूल्यमा नै तोक्नुपर्ने, हालको दैनिक सुन आपूर्तिको कोटालाई बढाउनुपर्ने, बहुमूल्य पत्थर को उत्खनन्, प्रशोधन र बिक्री वितरणका लागि सरकारले नीति बनाउनुपर्ने, कालिगढलाई तालिमको व्यवस्था गरिनुपर्ने लगायतका विषयमा सरकारको ध्यान जानुपर्ने बताइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप