विश्वप्रकाश शर्मा भन्छन्- ‘म बाँचुञ्जेल केरुङबाट काठमाडौँ रेल आउँछ जस्तो लाग्दैन’

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ-काठमाडौ रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन् । काठमाडौमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले नेपालले केरुङ-काठमाडौ रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन् । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थ भन्नुपर्ने समेत बताए ।

उनले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताए । नेपाल गरिब देश भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री शर्माले भने, ‘विश्वप्रकाश शर्मा बाचुञ्जेल केरुङबाट काठमाडौ रेल आउँछ जस्तो लाग्दैन । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नु पर्छ । आउनु पर्छ त्यो तर नेपालले प्रष्ट भन्नु पर्छ, हामी सक्दैनौँ, तिमीहरू व्यापार गर, लिज बाटो दिन्छौँ । हामी गरिब देश हौँ, तिमीहरूको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ भन्न भारत र चीनलाई सक्नु पर्छ ।’
महामन्त्री शर्माले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची-महाकाली रेल बनाउन सक्नेतर्फ भने ध्यान दिनुपर्ने बताएका छन् ।

अहिले केरुङ-काठमाण्डौ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भए पनि रेल कहाँबाट ल्याउने र सक्छौँ/सक्दैनौँ भन्ने आधार नै नरहेको उनको भनाइ छ । उनले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकै पटक चार वटामा प्रवेश गर्नु गलत भएको बताए । फरक प्रसङ्गमा महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताएका छन् । प्रतिवेदन बनाउन मन्त्रिमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरूले दिएको गलत सूचनाका कारण पनि जनताहरू भड्किरहेकाले गलत सूचना प्रसारण गर्न नहुने उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस