ओमप्रकाश पुनसहित ५ दर्जनबढी नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर उनीहरूले पार्टी प्रवेश गरेका हुन् ।

नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारलगायत विप्लवको पार्टीबाट ५ दर्जनबढी कार्यकर्ताले माओवादीमा प्रवेश गरेका छन् । नेता पुन, केन्द्रीय सदस्य खड्का, धामी र परियारले गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

विप्लव नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुन पूर्वपोलिट्ब्यूरो तथा सेती महाकाली ब्युरो इन्चार्ज थिए भने पार्टीनिकट किसान र सुकुम्वासी संगठनको अध्यक्षसमेत रहेका थिए । आफूले विप्लवको नेतृत्वमा क्रान्ति सम्भव नहुने देखेरै बाटो बदलेको पुनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री