बालुवाटारमा आगलागी, पाँच दमकल र सुरक्षाकर्मी नियन्त्रणको प्रयासमा

काठमाडौँ । काठमाडौको बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको छ ।

पाँच वटा दमकल, पानी ट्याङ्कर र प्रहरीको पानीको फोहोरा हान्ने गाडीको सहायताले आगो निभाउने काम भइरहेको छ । बिहान ६ बजेदेखि भएको आगलागी अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ । आगलागी पछि अहिले बालुवाटार मोड र इटालीयन राजदूतावास मोडबाट गाडी डाइभर्सन गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप