तीन डाइभर्सन बाढीले बगायो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडाैँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ-बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हाे ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका-१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

मंगलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो । बाढीले डाइभर्सन बगाएको स्थानमा प्रहरीले डोजरको सहयोगमा डाइभर्सन निर्माण गरिरहेको वन्तले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री