चन्द्रबिनायक मन्दिरको संरक्षण गर्न समिति गठन

 भक्तपुर । भक्तपुर सिपाडोल स्थित वडा नं ८ मा रहेको चन्द्रबिनायक मन्दिर प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । केदारनाथको शिर डोलेश्वर मन्दिरको नजिकै रहेको यो मन्दिरको संरक्षण र प्रर्वद्धनको अभावमा ओझेलमा परेको स्थानियहरुले बताउँछन् ।
लामो समयसम्म संरक्षणको अभावमा रहेको यो मन्दिरको ब्यवस्थापन गर्न स्थानीयहरु यति बेला जुटेका छन् । चन्द्रबिनायक मन्दिरको समग्र व्यवस्थापनका गर्न एक समिति गठन गरिएको छ । परापूर्वकाल देखिनै यो मन्दिर रहेता पनि यसको स्थापना कहिले भएको हो भन्ने तथ्य हालसम्म पनि फेला परेको छैन ।
स्थानीयहरुको एक भेलाले चन्द्रविनायक मन्दिर निर्माण तथा संरक्षण उपभोक्ता समिति गठन गरी मन्दिरको समग्र व्यवस्थापनका साथ अघि बढ्ने गरी समिति गठन गरेका छन् ।
भेलाले समितिको अध्यक्षमा दीपक बस्नेतलाई चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा यसोदा बस्नेत, सचिवमा निश्चल बस्नेत, कोषाध्यक्षमा बीना बस्नेतलाई चयन गरेको छ । सदस्यहरुमा हरि प्रसाद बल्ल, राजु थापा, विष्णु ज्यांख (पार्वती), राजाराम केसी, अनिल थापा, परशुराम दाहाल, जितबहादुर लिम्बु, रामशरण बस्नेत र नन्दुराम बस्नेत  छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस