दीपकराज जोशीको बिदा आजदेखि सकियो

काठमाडाैं । गत साउन २० गतेबाट  बिदामा बसेका दीपकराज जोशीको बिदा आजदेखि सकिएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशबाट अस्वीकृत गरेपछि बिदामा बसेका कायम मुकायम प्रधानन्यायाधीश जोशीको बिदा आजदेखि सकिएको हो ।

बिदा सकिएसँगै जोशीले अब  राजिनामा दिन्छन् या कामलाई निरन्तरता दिन्छन् यो विषयमा भने सबैको खुल्दुली बनेको छ । जोशीको बिदापछि सर्वोच्चको दैनिक पेसी व्यवस्थापनको कार्य न्यायाधीश ओमप्रकाश मिश्रले गर्दै आएका छन् ।

विगत लामो समयदेखि न्यायालय प्रमुखविहिन बन्दै आएको छ । संसदीय सुनुवाई समितिले जोशीको नाम अस्वीकृत गरेपछि नाम सिफासिसका लागि संवैधानिक परिषद् समेत बस्न सकेको छैन् ।

जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रबारेको विवाद आएकोले छानबिन गर्न  माग गर्दै आएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस