चन्द्रागिरिको जङ्गलबाट तीन विदेशीको उद्धार

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ । शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई भीरमा फसेको अवस्थामा फेला पारी उद्धार गरिएको हो ।

यसरी उद्धार गरिएकामा अमेरिकाका ३४ वर्षीय डग्लस रोवे, भारत चण्डिगढका ३० वर्षीय नवप्रित ढिलोन र मुम्बईका माधव गुप्ता रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग संवाद गर्दै सभामुख

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् । …

प्रतिकृया दिनुहॊस