बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा १ सयले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आइतबार चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री