छतमा सुकाएको लुगा उठाउन जाँदा महिलाको खसेर मृत्यु

काठमाडौँ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका-५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका-४ सुगागाउँ घर भई हाल गौशाला-५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । गए राति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट अचानक लड्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री