बाढीले मेलम्चीको फट्टेको पुलमा क्षति, आउजाउ बन्द

काठमाडाैँ । गए राति आएको बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए ।

राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु-२ का प्रभा भण्डारीले बताए । गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप