काठमाडौँ । कास्कीको माछापूच्छ्रे गाउँपालिका-४ स्थित ज्ञान ज्योती इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।
सोही ठेगाना बस्ने ४८ वर्षीय रामचन्द्र शाहीले सोही आफैले सञ्चालन गर्दै आएको स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई बाल यौन दुर्व्यवहार गरेको जाहेरी परेपछि प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।
शाहीलाई बाल यौन दुर्व्यवहार, अप्राकृतिक मैथुन तथा बालबालिकासम्बन्धी कसुरको अनुसन्धानका लागि सम्मानित जिल्ला अदालत, कास्कीबाट ५ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा सोधपुछ एवं खोजबिन भइरहेको छ
तपाईंको प्रतिकृया




