काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको ९५ औं शाखा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका, ७ तोरीबारीमा सञ्चालनमा आएको छ ।
सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




