प्रभु इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाडौं । प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले १६ चैतसम्म सेयर डिम्याट गराएकाहरूको बोनस सेयर खातामा पठाइदिएको हो ।

१६ चैतपछि डिम्याट गर्नेहरूको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको गत ३० चैतमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस